अखिलले आफैँ वितरण गर्‍यो राहत « Khabarhub

अखिलले आफैँ वितरण गर्‍यो राहत


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रसुवा–  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवामा भाटेकोशी बाढीपीडितलाई राहत वितरण गरेको छ ।

अखिल उपमहासचिव कमल जोशी र सचिब गोपाल नेपालको नेतृत्वमा काठमाडौंबाट २ गाडी राहत सामाग्री कालिका गाउँपालिकाको कार्यालयमा पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् । 

अनेरास्ववियुका सचिव गोपाल नेपालले भने, ‘अनेरास्ववियु अस्कल क्याम्पस कमिटीले राहत सामाग्री संकलन गर्न पहल गरेको थियो । अखिलको पवित्र कार्यलाई सहयोगी हात तथा मनहरुले प्रदान गरेको उक्त राहत लिएर टोली भाद्र १५ गते काठमाडौंबाट हिँडेको टोली १६ गते रसुवा पुगी राहत हस्तान्तरण गरेका हौँ ।’

उनले थप्दै भने , ‘राहत भनेको केवल खाद्यान्न र सामग्री पुर्‍याउनु मात्र होइन, कठिन समयमा मनमा आशा जगाउनु, आत्मीयता बाँड्नु र ‘तिमीहरू एक्लै छैनौ’ भन्ने अनुभूति दिलाउनु पनि हो ।’

‘पीडित परिवारलाई प्रत्यक्ष भेटी राहत सामग्री प्रदान गरेको र बाँकी रहेको राहत सामग्री एकमुष्ट रूपमा कालिका गाउँपालिको कार्यालयमा लगेर हस्तान्तरण गरेको’ कमल जोशीले जानकारी दिए । 

अनेरास्ववियुले हिमालय कालिका क्याम्पसमा रहेका पीडितहरूलाई प्रत्यक्ष भेटी उक्त निम्नानुसारको सामाग्री हस्तान्तरण गरेको थियो ।

राहत सामाग्री:–

  • ५० थान सिरक,  ३० थान ठूलो डसना, 
  • २ भागा जेन्स तथा लेडिज कपडा र जुत्ता 
  • ५० कार्टु चाउचाउ, 
  • ५० किलो चिउरा, 
  • २० कार्टुन औषधि, 
  • १० कार्टुन फलफूल, 
  • ८५ बोरा सानो साइजका कपडा तथा 
  • ६७ बोरा ठूलो र मिडियम साइजका ट्र्याकसुट
    यस अधि अनेरास्वविुका पूर्व नेता प्रकाश पौडेलको टिमले उत्तरगया गापा कार्यालयमा सोलार जडान गरेर हिजो नै काठमाडौं फर्किएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ७ : ०७ बजे

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री