गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ एक महिना बराबरको तलब प्रदान गरेका छन् ।
प्रदेश प्रमुख भट्टले उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको उनका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीले आज विज्ञप्तिमार्फत जानकारी दिए ।
बाढी प्रभावित परिवारहरूको राहत तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदेश प्रमुख भट्टले राहत सहयोग प्रदान गरेको उनले बताए ।
प्रदेश प्रमुख भट्टले उद्धार र राहत कार्यमा अनवरत खटिएका सुरक्षाकर्मी, तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र, सम्पूर्ण स्वयंसेवी एवं आर्थिक सहयोगदातासमेतलाई धन्यवाद ज्ञापन गरेको विज्ञप्तिमा उल्लेख छ ।












प्रतिक्रिया