बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा « Khabarhub

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन गरी प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ । 

यही गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । 

नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर रूपमा बाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्षमार्फत सेवा पुनः सञ्चालन कार्यमा खटिएपश्चात् साइटहरू पुनः सञ्चालनमा आएको प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए  ।

सो कार्यका लागि बाढीले सडक तथा विद्युत् अवरुद्ध भएका स्थानमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधकसहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराइ सेवा पुनः सञ्चालन गरिएको थियो । 

यही भदौ १७ गते नेपाल–चीन सिमाना नजिक रहेको कम्पनीको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत र उद्धार कार्य सञ्चालन भएका सबै स्थानमा सञ्चार सेवाको पहुँच पुगेको थियो ।

बाढीका कारण नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १२० साइटमार्फत सञ्चालित सेवामध्ये ८३ साइटमार्फत सञ्चालित सेवा अवरुद्ध भएका थिए भने तीन वटा साइटहरू टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

नेपाल टेलिकमले यही भदौ १६ मा बाढीबाट प्रभावित धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सञ्चालन गरेसँगै नेपाल टेलिकमका सबै साइटहरू सञ्चालन भएका छन् तथा पूर्ण रूपमा क्षतिग्रस्त भएका साइटबाट उपलब्ध सेवा हाल अन्य साइटबाट उपलब्ध गराइएका छन् । 

मोबाइल सेवाको थप प्रभावकारिताका लागि उक्त क्षतिग्रस्त साइटलाई प्राथमिकतामा राखी पुनः निर्माण गरी सञ्चालनमा ल्याइनेछ ।

भदौ १० गते बाढी आएको जानकारी प्राप्त भएलगत्तै नेपाल टेलिकमका प्राविधिक साइट सञ्चालनका लागि निरन्तर रूपमा खटिएका छन् । 

भदौ ११ गते रसुवा जिल्लाका न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट जेनेरेटर, इन्धन तथा ब्याट्रीलगायत उपकरण पठाइ सेवा सञ्चालन गरिएको थियो । रसुवा जिल्ला सदरमुकाम धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो । 

यसैगरी, भदौ १२ गते रसुवाको गोलजुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरे माथिको डाँडामा अवस्थित टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिक खटाई सेवा सञ्चालन गरिएको थियो । 

नुवाकोट जिल्लाअन्तर्गतको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङ जिल्लाअन्तर्गत बैरेनी ठमेल डाँडामा जेनेरेटर, इन्धनसहित कर्मचारी परिचालन गरी सेवा सञ्चालन गरिएको थियो । 

भदौ १३ गते रसुवाको त्रिशूली ३‘ए’ सँगै रहेको टावर, रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावर तथा नुवाकोट जिल्लाको बुङ्ताङमा रहेको टावरसमेत सञ्चालनमा ल्याइएको थियो । यीबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालन भएका थिए । यससँगै प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका थिए ।

भदौ १४ गते थप सात स्थानमा सेवा सञ्चालन गरियो, जसमा रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ साइटहरू रहेका थिए । त्यसैगरी, नुवाकोटको चारघरे तथा चारघरे मूलाबारी साइट रहेका थिए । रसुवा बोर्डर बिटिएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेँसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका थिए । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बिटिएस साइटहरू सञ्चालनमा ल्याइएका थिए ।

भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सञ्चालन गरिएको थियो ।

प्रभावित क्षेत्रका मुख्य प्राथमिकता प्राप्त साइटहरू अनवरत रूपमा सञ्चालनमा ल्याउनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो तथा हालसम्म पनि विद्युत् आपूर्ति नियमित नभएका साइटहरू जेनेरेटरमार्फत सञ्चालनमा रहेका छन् ।

कतिपय स्थानका साइटहरू विद्युत् सेवा आपूर्तिको सहजतासँगै स्वतः सञ्चालनमा आएका छन् र फोरजी सेवाको प्रभावकारितासमेत वृद्धि हुँदै गएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ७ : ४७ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको