काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उज्बेकिस्तान भ्रमणका क्रममा दुई देशबीच आगामी चार वर्षमा द्विपक्षीय व्यापार ५ अर्ब अमेरिकी डलर पुर्याउने महत्त्वाकांक्षी प्रतिबद्धता व्यक्त गरिएको छ। तास्कन्दमा आइतबार उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग भएको द्विपक्षीय भेटवार्तामा व्यापार तथा लगानी, नवप्रवर्तन र स्टार्टअप, रक्षा तथा सुरक्षा र अति महत्त्वपूर्ण खानीलगायतका विविध विषयहरूमा विस्तृत छलफल भएको भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सोही भेटका अवसरमा जारी संयुक्त वक्तव्यमा प्रधानमन्त्री मोदीले हाल दुई देशबीचको द्विपक्षीय व्यापार १ अर्ब अमेरिकी डलर नाघेको जानकारी गराएका छन् ।
आर्थिक तथा लगानी सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले भारत र उज्बेकिस्तानले संयुक्त रूपमा एक व्यापार शिखर सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकतामाथि पनि जोड दिएका छन् । दुई दिने राजकीय भ्रमणका लागि उज्बेकिस्तान पुगेका भारतीय प्रधानमन्त्री मोदी यस भ्रमणपछि किर्गिस्तानको राजधानी बिस्केकमा सुरु हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन प्रस्थान गरेका छन् ।












प्रतिक्रिया