रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित « Khabarhub

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गतको रोमाञ्चक खेलमा डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । कोपेनहेगनमा भएको यस जितसँगै पोर्चुगलले आफ्नो उत्कृष्ट यात्रालाई जारी राखेको छ ।

पोर्चुगलले खेलको १५ औँ मिनेटमै अग्रता लिएको थियो । जोआओ कान्सेलोले जोआओ फेलिक्स र गोन्कालो रामोससँगको उत्कृष्ट तालमेल मिलाउँदै डेनमार्कका गोलरक्षक हर्मानसेनलाई छक्याएर पहिलो गोल गरे ।

तर, २३ औँ मिनेटमा डेनमार्कका म्याहलेको पासमा डाम्सगार्डले उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । बराबरीको खुसी डेनमार्कले धेरै बेर मनाउन पाएन । गोल खाएको तीन मिनेटमै पोर्चुगलले पुनः अग्रता बनायो । ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गर्दै गोन्कालो रामोसले टिमका लागि दोस्रो गोल गरे ।

दोस्रो हाफको सुरुआतमै डेनमार्कले पुनः खेललाई २-२ को स्थितिमा ल्यायो । ५३ औँ मिनेटमा डाम्सगार्डको पासमा रासमुस होयलुण्डले पोर्चुगलका गोलरक्षक कोस्टालाई माथिबाट चिप गर्दै सुन्दर गोल गरे ।

त्यसपछि आक्रामक बनेको पोर्चुगलका लागि ६७ औँ मिनेटमा भिटिन्हाले गोल गर्दै टोलीलाई ३-२ ले अगाडि बढाए । ब्रुनो फर्नान्डेसको क्रसमा भिटिन्हाले हेडरमार्फत गोल गरेका थिए ।

खेलको अन्तिमतिर स्थानान्तरित खेलाडीका रूपमा मैदान छिरेका जोआओ फेलिक्सले डियोगो डालोटको पासमा गोल गर्दै पोर्चुगलको ४-२ को जित पक्का गरे । यस जितसँगै पोर्चुगलले पछिल्ला १३ खेलमध्ये १२ मा हारविहीन यात्रा कायम राखेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ७ : ०२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का