वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा « Khabarhub

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर गाउँमै उद्यमी बन्न थालेका छन्। विदेशमा हासिल गरेको सीप, अनुभव र स्थानीय स्रोतसाधनको उपयोग गर्दै उनीहरू व्यावसायिक कृषि तथा पशुपालनमा जमेका हुन्।

गाउँमै रहेका तथा विदेशबाट फर्किएका युवाहरूले अलैँची, किवी, एभोकाडो, ओखर, चिराइतो खेतीका साथै बाख्रापालनलाई मुख्य आम्दानीको स्रोत बनाएका छन्।

टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका पुस्कर विष्ट वैदेशिक रोजगारीबाट फर्केपछि ६ वर्षदेखि व्यावसायिक बाख्रापालनमा व्यस्त छन्। ‘पुस्कर कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर बोयर र स्थानीय जातका बाख्रा पालेका उनी विदेशको भन्दा राम्रो आम्दानी गाउँमै भइरहेको बताउँछन्। “विदेशमा पसिना बगाउनुभन्दा आफ्नै माटोमा मिहिनेत गर्दा दोब्बर प्रतिफल मिल्दो रहेछ,” विष्टले भने।

यस्तै, मलेसियाबाट फर्किएका भीमराज विष्टले पनि भोजपुर नगरपालिका–६ मा बाख्रापालनसँगै सुन्तला र कागती खेती सुरु गरेका छन्। गाउँमै उद्यम गरेर आत्मनिर्भर बन्न सकिने उदाहरण उनले पेस गरेका छन्।

अर्का स्थानीय युवा लाल विष्टले करिब ४० रोपनी क्षेत्रफलमा व्यावसायिक अलैँची खेती गर्दै आएका छन्। पछिल्लो समय अलैँचीको बजार मूल्यमा सुधार आएपछि युवाहरूको आकर्षण थप बढेको उनको भनाइ छ। “मिहिनेत गर्न सके परिवारको साथमा बसेर वार्षिक ४-५ लाख रुपैयाँ कमाउन कुनै गाह्रो छैन,” विष्टले भने।

युवाहरूको यस्तो सक्रियताले भोजपुरका गाउँहरूमा स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना भएका छन्। स्वदेशमै उद्यमशीलता बढेपछि गाउँको समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक परिवर्तन देखिन थालेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ८ : ३१ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै