डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत « Khabarhub

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि अमेरिकाबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउनेबारे संकेत गरेका छन्।

ट्रम्पले युरोपेली देशहरूलाई आफ्नो डिजेल भण्डारको केही हिस्सा आवश्यक परे बजारमा जारी गर्न आग्रह गर्न सकिने बताएका छन्। उनको यो भनाइ अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले युरोपेली देशहरूलाई डिजेलको भण्डार तयार राख्न र आवश्यकता परे त्यसलाई बजारमा ल्याउन गरेको आग्रहपछि आएको हो।

बेसेन्टले डिजेलको बढ्दो मूल्यको भार अमेरिकी किसान, ट्रक चालक तथा व्यवसायीमाथि पर्न नहुने बताएका छन्।

इरानमा जारी युद्धका कारण विश्व बजारमा डिजेलको मूल्य बढिरहेका बेला अमेरिकाले निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएको हो। अमेरिकामा हुने मध्यावधि निर्वाचनअघि इन्धनको मूल्य र आपूर्तिको विषय अमेरिकी मतदाताका लागि महत्वपूर्ण मुद्दा बनेको छ।

बिहीबार बेलायतले पनि सम्भावित अमेरिकी निर्यात प्रतिबन्धको अवस्थालाई ध्यानमा राख्दै युरोपेली साझेदारहरूसँग डिजेल भण्डार बजारमा जारी गर्ने विषयमा छलफल गरेको थियो।

अमेरिका विश्व बजारमा डिजेल आपूर्ति गर्ने प्रमुख मुलुकमध्ये एक हो। अमेरिकाले दैनिक करिब १२ लाखदेखि १५ लाख ब्यारेल डिजेल निर्यात गर्ने गरेको छ।

तर, विशेषज्ञहरूले अमेरिकाले विदेशमा हुने डिजेल आपूर्ति निर्यातमा प्रतिबन्ध लगाए अन्य देशको आपूर्तिमा दबाब बढ्नुका साथै मूल्य थप बढ्न सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ९ : ३३ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन