काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिपक्ष र जनताले उठाएका माग तथा प्रश्नहरूका उत्तर सरकारबाट आउन नसकेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद राईले संसद्को चालू अधिवेशन अन्त्य हुन लाग्दा पनि प्रतिपक्ष र जनताले उठाएका माग तथा प्रश्नहरूका उत्तर प्रधानमन्त्रीबाट आउन नसेकेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले सरकारले प्रतिपक्षलाई समेटेर, सम्हालेर र सही ढङ्गले अगाडि बढाउन सकोस् भन्ने शुभकामना व्यक्त गरे । दशैँको शुभकामा दिँदै उनले ५ वर्षसम्म सरकार टिकाउन र आफ्नै कारणले सरकार नढाल्न समेत उनले सत्तापक्षलाई सुझाव दिए ।
उनले विगतका जनआन्दोलनका घटनाहरू र राजनीतिक दलहरूका गतिविधिप्रति जनताको आक्रोशलाई ध्यानमा राख्दै भ्रष्टाचार रोक्न र सत्ता जोगाएर अघि बढ्न सरकारलाई सजग गराए ।
जनप्रतिनिधिहरूका आवाज र जनताका आशाहरूलाई उपेक्षा नगर्न र आगामी अधिवेशनमा यस्ता विरोधका वातावरण बन्न नदिन उनले सभामुखको ध्यानाकर्षण गराए ।














प्रतिक्रिया