दशैँको शुभकामना दिँदै ध्रुव राईले भने- ‘आफ्नो सरकार आफैँ नढाल्नुहोला’ « Khabarhub

दशैँको शुभकामना दिँदै ध्रुव राईले भने- ‘आफ्नो सरकार आफैँ नढाल्नुहोला’


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिपक्ष र जनताले उठाएका माग तथा प्रश्नहरूका उत्तर सरकारबाट आउन नसकेको भन्दै आपत्ति जनाएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद राईले संसद्को चालू अधिवेशन अन्त्य हुन लाग्दा पनि प्रतिपक्ष र जनताले उठाएका माग तथा प्रश्नहरूका उत्तर प्रधानमन्त्रीबाट आउन नसेकेको भन्दै आपत्ति जनाएका हुन्  । 

उनले सरकारले प्रतिपक्षलाई समेटेर, सम्हालेर र सही ढङ्गले अगाडि बढाउन सकोस् भन्ने शुभकामना व्यक्त गरे । दशैँको शुभकामा दिँदै उनले  ५ वर्षसम्म सरकार टिकाउन र आफ्नै कारणले सरकार नढाल्न समेत उनले सत्तापक्षलाई सुझाव दिए । 

उनले  विगतका जनआन्दोलनका घटनाहरू र राजनीतिक दलहरूका गतिविधिप्रति जनताको आक्रोशलाई ध्यानमा राख्दै भ्रष्टाचार रोक्न र सत्ता जोगाएर अघि बढ्न सरकारलाई सजग गराए  । 

जनप्रतिनिधिहरूका आवाज र जनताका आशाहरूलाई उपेक्षा नगर्न र आगामी अधिवेशनमा यस्ता विरोधका वातावरण बन्न नदिन उनले सभामुखको ध्यानाकर्षण गराए ।  
 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १२ : १४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप