दशैँको शुभकामना दिँदै ध्रुव राईले भने- ‘आफ्नो सरकार आफैँ नढाल्नुहोला’ « Khabarhub

दशैँको शुभकामना दिँदै ध्रुव राईले भने- ‘आफ्नो सरकार आफैँ नढाल्नुहोला’


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिपक्ष र जनताले उठाएका माग तथा प्रश्नहरूका उत्तर सरकारबाट आउन नसकेको भन्दै आपत्ति जनाएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद राईले संसद्को चालू अधिवेशन अन्त्य हुन लाग्दा पनि प्रतिपक्ष र जनताले उठाएका माग तथा प्रश्नहरूका उत्तर प्रधानमन्त्रीबाट आउन नसेकेको भन्दै आपत्ति जनाएका हुन्  । 

उनले सरकारले प्रतिपक्षलाई समेटेर, सम्हालेर र सही ढङ्गले अगाडि बढाउन सकोस् भन्ने शुभकामना व्यक्त गरे । दशैँको शुभकामा दिँदै उनले  ५ वर्षसम्म सरकार टिकाउन र आफ्नै कारणले सरकार नढाल्न समेत उनले सत्तापक्षलाई सुझाव दिए । 

उनले  विगतका जनआन्दोलनका घटनाहरू र राजनीतिक दलहरूका गतिविधिप्रति जनताको आक्रोशलाई ध्यानमा राख्दै भ्रष्टाचार रोक्न र सत्ता जोगाएर अघि बढ्न सरकारलाई सजग गराए  । 

जनप्रतिनिधिहरूका आवाज र जनताका आशाहरूलाई उपेक्षा नगर्न र आगामी अधिवेशनमा यस्ता विरोधका वातावरण बन्न नदिन उनले सभामुखको ध्यानाकर्षण गराए ।  
 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १२ : १४ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको