विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री « Khabarhub

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण नेपाल एयरलाइन्सको अवस्था बिग्रिएको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको  बैठकमा मन्त्री पौडेलले नेपाल एयरलाइन्स विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण बिग्रिएकाले हाल सकारात्मक हस्तक्षेपको अपेक्षा गरिएको बताएका हुन् ।

उनले महाप्रबन्धक नियुक्तिको प्रक्रियासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले महाप्रबन्धक नियुक्ति गर्न कानुनी अड्चन भएको धारणा राखे । 

हाल निगमको ६ वटा जहाजमध्ये एउटामा मात्रै समस्या आउँदा पनि उडान तालिका फेरबदल गर्न र यात्रु व्यवस्थापन गर्न ठूलो धनराशि खर्च हुने गरेको उनले बताए  ।

उनले विद्यमान परिपाटी र संरचनाबाट मात्र जहाज थपेर समस्या समाधान नहुने भएकाले पहिला संरचनागत सुधार आवश्यक रहेको धारणा राखे ।

नेपाल एयरलाइन्सलाई अगाडि बढाउन एउटा साहसिलो निर्णयको खाँचो रहेको भन्दै उनले केवल सरकारी निर्णयले मात्र सम्भव नरहेको उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरूले निगमको व्यवस्थापन निकै कमजोर रहेकाले माथि उठ्न समस्या भएको बताए । 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १२ : २९ बजे

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि