६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा « Khabarhub

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पूर्वप्रधानन्यायाधीशको नाटक मञ्चनसम्म


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिनामा ’फासीवादी’ प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा नेता थापाले वर्तमान सरकारको ६ महिना पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरु भई पूर्वप्रधानन्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गरे । 

फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कन, संसद् तथा जनताप्रति उत्तरदायी बन्न र लोकतन्त्रको पूर्ण पुनर्बहाली गर्न सरकारलाई उनले सुझाव दिए।

सुशासन र सम्पत्ति छानबिनको लोकप्रिय आवरणमा देशभक्त शक्ति, मिडियाकर्मी, नागरिक अभियान्ता र व्यवसायीहरूलाई निसाना बनाइएको उनले बताए ।

उनले पछिल्लो ६ महिनामा संसद समेत सत्ता पक्ष सरकारको छायाँ मात्र साबित भएको, विधेयकहरू संख्या र शक्ति अनुसार एकपक्षीय ढङ्गले पारित गरिएको र प्रतिपक्षलाई पूरक नभई बाधक ठानिएको आरोप लगाए ।

उनले सभामुखले राजनीतिक सहमतिका लागि अगुवाइ नगरेको र सत्ता पक्षको ढ्यापढ्यापे शैली कायम रहेको धारणा राखे  ।  

थापाले भदौ १० गतेको महाविपद्मा सरकारको उद्धार तथा राहत कार्य सन्तोषजनक नरहेको, अहंकारवश विदेशी सहायता लिन ढिलाइ गरिएको र आत्मप्रचार बढी देखिएको आरोप लगाए । 
 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १ : ५२ बजे

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष

इजिप्टमा मात्सादासका छ पत्रकार पक्राउ

न्युयोर्क- इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम