ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ? « Khabarhub

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका तथा भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै शाहीले अपराधजन्य घटनामा दोषी प्रमाणित भएका सबैलाई कानुनअनुसार कारबाही गरिनुपर्ने बताए। दोषीमाथि कारबाही भए त्यसमा आफ्नो पार्टीको समर्थन रहने उनको भनाइ थियो।

शाहीले युवालाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अझै अन्त्य हुन नसकेको भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी उद्योग तथा कलकारखानाको विकास गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले स्वास्थ्य संस्थाको विस्तार र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरे।

यस्तै, बाढीपीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउँदै प्रभावितको शीघ्र पुनःस्थापनाका लागि ठोस कार्यक्रम ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  २ : १२ बजे

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार