ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ? « Khabarhub

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका तथा भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै शाहीले अपराधजन्य घटनामा दोषी प्रमाणित भएका सबैलाई कानुनअनुसार कारबाही गरिनुपर्ने बताए। दोषीमाथि कारबाही भए त्यसमा आफ्नो पार्टीको समर्थन रहने उनको भनाइ थियो।

शाहीले युवालाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अझै अन्त्य हुन नसकेको भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी उद्योग तथा कलकारखानाको विकास गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले स्वास्थ्य संस्थाको विस्तार र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरे।

यस्तै, बाढीपीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउँदै प्रभावितको शीघ्र पुनःस्थापनाका लागि ठोस कार्यक्रम ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  २ : १२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको