नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन « Khabarhub

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसहित सुडानका आपत्कालीन राहतकर्मी र युक्रेनका बालअधिकार अभियन्ताको नाम चर्चामा आएको छ ।

यस वर्ष पुरस्कारका लागि २८७ जना उम्मेदवार मनोनयनमा परेका छन् । नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा विजेताको घोषणा गर्नेछ । शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेर्लोउले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेका बेला अन्तरिक्ष स्टेसन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएका छन्।

सम्भावित दाबेदारको सूचीमा युक्रेनी बालअधिकार अभियन्ता माइकोला कुलेबा, सेभ द चिल्ड्रेन, सुडानको आपतकालीन प्रतिक्रिया कक्ष तथा पत्रकारहरूको सुरक्षा गर्ने कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स पनि छन् । अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ ।

यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्यपूर्वमा जारी युद्ध र द्वन्द्वको पृष्ठभूमिमा घोषणा हुँदैछ । सन् १९९७ की नोबेल शान्ति पुरस्कार विजेता जोडी विलियम्सले महिलालाई पुरस्कार दिनुपर्ने अपेक्षा व्यक्त गरेका छन् । चर्चामा रहेका महिला दाबेदारमा गाजाकी शल्यचिकित्सक सारा अल–सक्का र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवा युलिया नाभाल्नायाको नाम छ ।

नोबेल पुरस्कार शृङ्खला सोमबार चिकित्साशास्त्रबाट सुरु हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ । यस वर्ष पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  २ : ४५ बजे

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं– युरोपेली संघ ईयूले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर