जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार « Khabarhub

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत हुम्लाकी एक महिलाको उद्धार गरिएको छ।

आश्विन १५ गते हुम्लाको सर्केगाड गाउँपालिका–३ निवासी २६ वर्षीया महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्‍याइएको हो ।

स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि विशेषज्ञ उपचारका लागि तत्काल उद्धार गरी सुर्खेत लगिएको मन्त्रालयले जनाएको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ३ : ०३ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण