जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार « Khabarhub

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत हुम्लाकी एक महिलाको उद्धार गरिएको छ।

आश्विन १५ गते हुम्लाको सर्केगाड गाउँपालिका–३ निवासी २६ वर्षीया महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्‍याइएको हो ।

स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि विशेषज्ञ उपचारका लागि तत्काल उद्धार गरी सुर्खेत लगिएको मन्त्रालयले जनाएको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ३ : ०३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको