लोकप्रियताको शिखर चढिरहेकी आरती « Khabarhub

लोकप्रियताको शिखर चढिरहेकी आरती


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो मुख्य पेसा बनाउँदै निरन्तर अगाडि बढिरहेकी प्रतिभाशाली कलाकार आरती बुढा फिचर्ड मोडलका रुपमा लोकप्रियताको शिखर चढिरहेकी छिन् । अनुशासित, लगनशील र कलाप्रति समर्पित आरतीले कला घरमा थिएटर अभिनयका गुरु गोविन्द सुनारबाट अभिनयको प्रशिक्षण लिएर आफ्नो कलाकारिता यात्रा सुरु गरेकी हुन् ।

अभिनयप्रतिको गहिरो रुचि, निरन्तरको अभ्यास र मेहनतले उनलाई आज मोडलिङ तथा कलाकारिताको क्षेत्रमा स्थापित बनाउँदै लागेको छ। दर्जनौँ सुदूरपश्चिमेली देउडा गीतहरूमा आफ्नो अभिनय तथा मोडलिङको जादु छरिसकेकी आरतीले ‘अछेता’ नाटकमा समेत अभिनय गरेकी छिन् ।

नाटक तथा म्युजिक भिडिओमा गरेको अभिनयका लागि उनले विभिन्न अवार्ड तथा सम्मान समेत प्राप्त गरेकी छिन्। यसका साथै उनले विभिन्न नेपाली चलचित्रहरूमा पनि अभिनय गर्दै आफ्नो कलाकारिता यात्रालाई फराकिलो बनाउँदै लगिरहेकी छिन् ।

हुम्ला जस्तो दुर्गम भूगोलबाट राजधानी आएर कलाकारिताको क्षेत्रमा आफ्नो पहिचान बनाउन अघि बढ्नु आफैँमा प्रेरणादायी यात्रा हो। आफ्नो अनुशासन, लगनशीलता र प्रतिभाका कारण निरन्तर अगाडि बढिरहेकी आरतीले आगामी दिनमा नेपाली मोडलिङ तथा चलचित्र क्षेत्रमा अझै राम्रो काम गर्दै नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ३ : १८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का