लोकप्रियताको शिखर चढिरहेकी आरती « Khabarhub

लोकप्रियताको शिखर चढिरहेकी आरती


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो मुख्य पेसा बनाउँदै निरन्तर अगाडि बढिरहेकी प्रतिभाशाली कलाकार आरती बुढा फिचर्ड मोडलका रुपमा लोकप्रियताको शिखर चढिरहेकी छिन् । अनुशासित, लगनशील र कलाप्रति समर्पित आरतीले कला घरमा थिएटर अभिनयका गुरु गोविन्द सुनारबाट अभिनयको प्रशिक्षण लिएर आफ्नो कलाकारिता यात्रा सुरु गरेकी हुन् ।

अभिनयप्रतिको गहिरो रुचि, निरन्तरको अभ्यास र मेहनतले उनलाई आज मोडलिङ तथा कलाकारिताको क्षेत्रमा स्थापित बनाउँदै लागेको छ। दर्जनौँ सुदूरपश्चिमेली देउडा गीतहरूमा आफ्नो अभिनय तथा मोडलिङको जादु छरिसकेकी आरतीले ‘अछेता’ नाटकमा समेत अभिनय गरेकी छिन् ।

नाटक तथा म्युजिक भिडिओमा गरेको अभिनयका लागि उनले विभिन्न अवार्ड तथा सम्मान समेत प्राप्त गरेकी छिन्। यसका साथै उनले विभिन्न नेपाली चलचित्रहरूमा पनि अभिनय गर्दै आफ्नो कलाकारिता यात्रालाई फराकिलो बनाउँदै लगिरहेकी छिन् ।

हुम्ला जस्तो दुर्गम भूगोलबाट राजधानी आएर कलाकारिताको क्षेत्रमा आफ्नो पहिचान बनाउन अघि बढ्नु आफैँमा प्रेरणादायी यात्रा हो। आफ्नो अनुशासन, लगनशीलता र प्रतिभाका कारण निरन्तर अगाडि बढिरहेकी आरतीले आगामी दिनमा नेपाली मोडलिङ तथा चलचित्र क्षेत्रमा अझै राम्रो काम गर्दै नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ३ : १८ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप