पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने « Khabarhub

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको भण्डार पुनःपूर्ति गर्न एसएम–६ क्षेप्यास्त्रको उत्पादन बढाउन रेथियोनलाई २४ अर्ब ४० करोड अमेरिकी डलरको सम्झौता दिने घोषणा गरेको छ ।

पाँच वर्षका लागि हुने सम्झौतामा थप दुई वर्षका विकल्पसमेत छन् । पेन्टागनले एसएम–६ लाई हवाई प्रतिरक्षा तथा सतहविरुद्ध प्रयोग हुने महत्त्वपूर्ण क्षेप्यास्त्रका रूपमा उल्लेख गर्दै सम्झौताले रक्षा उद्योगलाई जनशक्ति र आपूर्ति शृङ्खला विस्तार गर्न दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने जनाएको छ ।

अमेरिकी रक्षा विभागका महानिरीक्षकले गत महिना इरानविरुद्धको ‘अपरेसन एपिक फ्युरी’ मा भएको हतियार खर्चले रणनीतिक भण्डारमा कमी ल्याएको तथा हतियार पुनःपूर्तिमा औद्योगिक क्षमतासम्बन्धी समस्या देखिएको बताएका थिए । 

कङ्ग्रेसनल बजेट कार्यालयले पनि सेप्टेम्बर १५ को प्रतिवेदनमा अमेरिकासँग धेरै वर्षसम्म इन्टरसेप्टर क्षेप्यास्त्रको सीमित भण्डार रहने उल्लेख गरेको थियो ।

रेथियोनले एसएम–६ अमेरिकी नौसेनाका पानीजहाज तथा स्थलबाट प्रक्षेपण गर्ने प्रणालीबाट सफलतापूर्वक प्रयोग गरिएको जनाएको छ । कम्पनीका अध्यक्ष फिल जास्परले उत्पादन क्षमता बढाउन आफ्ना सञ्चालन तथा उत्पादन केन्द्रमा निरन्तर लगानी भइरहेको बताए ।

यसैबीच, अमेरिका र इजरायलको इरानमाथिको आक्रमण सुरु भएको सात महिनाभन्दा बढी समयपछि पनि तेहरानले हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम राखेको बताइएको छ।

‘वाल स्ट्रिट जर्नल’ का अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको अन्त्यसम्म इरानमाथि पुनः बमबारी गर्ने अपेक्षा सहयोगीहरूलाई बताएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ३ : ४० बजे

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि