कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक « Khabarhub

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक प्रचारप्रसार गर्न नपाइने गरी केन्द्रीय निर्वाचन समितिले कडा आचारसंहिता जारी गरेको छ । 

हालै भोटेकोशी लगायत देशका विभिन्न भू-भागमा आएको विनाशकारी प्राकृतिक विपद्का कारण धेरै जनधनको क्षति भएको र सिङ्गो देश शोक एवं पुनरोत्थानको कठिन परिस्थितिबाट गुज्रिरहेकाले महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन यो निर्णय गरिएको हो । 

राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा एक ऐतिहासिक उत्सवका रूपमा सम्पन्न हुन गइरहेको यस महाधिवेशनले पार्टीको नीति निर्माणका साथै आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्दैछ । 

विपद्को विशेष परिस्थिति, राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूका लागि साविकका व्यवस्थाका अतिरिक्त थप कडा प्रावधानहरू लागू गरेको छ । 

समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्ति अनुसार विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ । 

महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको छ । 

यसैगरी, महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक वा आसपासका क्षेत्रहरूमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्रीहरू राख्न वा प्रदर्शन गर्न मनाही गरिएको छ ।

नयाँ व्यवस्था अनुसार उम्मेदवारहरूले आफ्ना एजेण्डा र उम्मेदवारी सम्बन्धी विवरण केवल सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमजस्ता डिजिटल तथा प्रविधिमैत्री माध्यमबाट मात्र सम्प्रेषण गर्न पाउनेछन् । 

केन्द्रीय निर्वाचन समितिले विपद्को यो घडीमा देश र जनताप्रतिको दायित्व बोध गर्दै महाधिवेशनलाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गराउन सम्पूर्ण नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकहरूमा हार्दिक अपिल गरेको छ ।

साथै, स्वीकृत निर्वाचन आचारसंहिताको उल्लङ्घन गरिएमा नियमानुसार कारबाही गरिने चेतावनी समेत विज्ञप्ति मार्फत स्पष्ट पारिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ४ : १८ बजे

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि