‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’ « Khabarhub

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनित सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान् उद्देश्य बोकेर हिँडेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने भन्दै पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने बताएका हुन् ।

उनले मुलुकको विकासको अभियानमा अघि बढेको एमालेलाई विकास हुन नदिने तत्त्वहरूले रोक्ने प्रयास गरेको धारणा राखे । उनले देशमा प्रतिगमन भएको र पार्टीलाई धक्का लागेको भए तापनि सानातिना कुरा  नअल्झी फराकिलो मनका साथ अगाडि बढेमा पार्टी फेरि लडेको ठाउँबाट उठ्न सक्ने र पहिलेकै अवस्था भन्दा अझ अघि बढ्न सक्ने विश्वास व्यक्त गरे ।

शपथ ग्रहण गरेका केन्द्रीय सदस्यहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा ’आदर्श व्यक्ति’ को रूपमा स्थापित हुनुपर्ने, गलत आचरण त्याग्नुपर्ने तथा पवित्र, शुद्ध, कम्युनिस्ट शालीनता र विनम्रता प्रस्तुत गर्नुपर्ने उनले बताए ।

उनले समय ’आईटी वार’ को जमाना भएकाले नेता–कार्यकर्ताहरूले आधुनिक प्रविधि र समसामयिक परिवेशलाई बुझेर सोही अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ४ : ४३ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण