काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन « Khabarhub

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ ।

चाडपर्वमा हुनसक्ने अपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण बनाउन जिल्लाभर ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

उनले काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसीटिभी क्यामेरा र ३ वटा ड्रोनमार्फत आकाशबाट समेत निगरानी गरिने भन्दै काठमाडौंका प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने संवेदनशील स्थानहरूमा तालिमप्राप्त कुकुर सहितको टोलीले नियमित ‘डग स्निफिङ’ गर्ने बताए ।

 सुरक्षा कायम गर्न १६६ वटा मोबाइल भ्यान, ५०८ स्थानमा स्ट्याटिक पिकेट, २१० वटा पैदल गस्ती र १५२ स्थानमा मोटरसाइकल परिचालन हुने प्रवक्ता थापाले उल्लेख गरे । 

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले चाडपर्वलाई लक्षित गरी सामान्य अवस्थाको भन्दा अझ व्यवस्थित, परिष्कृत र प्रविधि–मैत्री विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिए । 

उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, गुण्डागर्दी, जुवातास, टिकटमा हुने ठगी, ओभरलोड र सवारी दुर्घटना जस्ता विकृति–विसङ्गतिहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।

यात्रुहरूलाई ठगी र असुविधाबाट बचाउन तथा सहजीकरण गर्नका लागि नागरिक सहायता कक्षहरू स्थापना गरी प्रहरी परिचालनलाई व्यापक बनाइएको उनले बताए।  

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ५ : १८ बजे

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि