काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन « Khabarhub

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ ।

चाडपर्वमा हुनसक्ने अपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण बनाउन जिल्लाभर ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

उनले काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसीटिभी क्यामेरा र ३ वटा ड्रोनमार्फत आकाशबाट समेत निगरानी गरिने भन्दै काठमाडौंका प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने संवेदनशील स्थानहरूमा तालिमप्राप्त कुकुर सहितको टोलीले नियमित ‘डग स्निफिङ’ गर्ने बताए ।

 सुरक्षा कायम गर्न १६६ वटा मोबाइल भ्यान, ५०८ स्थानमा स्ट्याटिक पिकेट, २१० वटा पैदल गस्ती र १५२ स्थानमा मोटरसाइकल परिचालन हुने प्रवक्ता थापाले उल्लेख गरे । 

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले चाडपर्वलाई लक्षित गरी सामान्य अवस्थाको भन्दा अझ व्यवस्थित, परिष्कृत र प्रविधि–मैत्री विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिए । 

उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, गुण्डागर्दी, जुवातास, टिकटमा हुने ठगी, ओभरलोड र सवारी दुर्घटना जस्ता विकृति–विसङ्गतिहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।

यात्रुहरूलाई ठगी र असुविधाबाट बचाउन तथा सहजीकरण गर्नका लागि नागरिक सहायता कक्षहरू स्थापना गरी प्रहरी परिचालनलाई व्यापक बनाइएको उनले बताए।  

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ५ : १८ बजे

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको