ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट « Khabarhub

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६ वटा नयाँ एफ-१६ भी (ब्लक ७०) फाइटर जेटमध्ये पहिलो खेपमा दुई वटा लडाकु विमान ताइवान पुगेका छन् । महिनौँको ढिलाइपछि आइपुगेका यी विमानहरू ताइवानको पहाडी पूर्वी तटीय क्षेत्र ताइतुङस्थित छिहाङ एयर बेसमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ ।

हवाई र गुआम हुँदै उडान भरेर यी विमानहरू ताइवान पुगेका हुन् । ताइवानका राष्ट्रपति लाई चिङ तेले सामाजिक सञ्जाल फेसबुकमार्फत यो आगमनलाई ताइवानको हवाई रक्षा क्षमता सुदृढ बनाउने महत्त्वपूर्ण कदम भन्दै अमेरिकी सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

यस्तै, ताइवानका रक्षामन्त्री वेलिङ्टन कुले ताइपेईस्थित संसद्‌मा बोल्दै अन्य एफ-१६ भी विमानहरू पनि चाँडै आइपुग्ने जानकारी दिएका छन् । अमेरिकाले सन् २०१९ मा ताइवानलाई ८ अर्ब अमेरिकी डलर बराबरका एफ-१६ भी जेट बिक्री गर्ने स्वीकृति दिएको थियो ।

तर सफ्टवेयरसम्बन्धी प्राविधिक समस्याका कारण डेलिभरीमा ढिलाइ भएको थियो । नयाँ एफ-१६ भी जेटहरूमा अत्याधुनिक एभियोनिक्स, हतियार र राडार प्रणाली जडान गरिएको छ, जसले चीनका जे-२० स्टेल्थ फाइटरसहितका सैन्य क्षमतासँग सामना गर्न सहयोग पुर्‍याउनेछ ।

बेइजिङले ताइवानलाई आफ्नै भूभाग दाबी गर्दै आएको छ भने ताइवानलाई बलपूर्वक कब्जा गर्ने चीनको नियत कहिल्यै नबदलिएको रक्षामन्त्री कुले बताएका छन् । यसैबीच, ताइवानले आठ वटा पनडुब्बी निर्माण गर्ने घरेलु हतियार कार्यक्रम पनि अघि बढाएको छ ।

यसअन्तर्गत ‘नारवाल’ नामक पहिलो पनडुब्बीको अन्तिम परीक्षण पनि भइरहेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका इन्डो-प्यासिफिक क्षेत्रका मित्र राष्ट्रहरूसँग उभिन प्रतिबद्ध रहेको र त्यसमा ताइवान पनि समावेश रहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ५ : २२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का