ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट « Khabarhub

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६ वटा नयाँ एफ-१६ भी (ब्लक ७०) फाइटर जेटमध्ये पहिलो खेपमा दुई वटा लडाकु विमान ताइवान पुगेका छन् । महिनौँको ढिलाइपछि आइपुगेका यी विमानहरू ताइवानको पहाडी पूर्वी तटीय क्षेत्र ताइतुङस्थित छिहाङ एयर बेसमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ ।

हवाई र गुआम हुँदै उडान भरेर यी विमानहरू ताइवान पुगेका हुन् । ताइवानका राष्ट्रपति लाई चिङ तेले सामाजिक सञ्जाल फेसबुकमार्फत यो आगमनलाई ताइवानको हवाई रक्षा क्षमता सुदृढ बनाउने महत्त्वपूर्ण कदम भन्दै अमेरिकी सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

यस्तै, ताइवानका रक्षामन्त्री वेलिङ्टन कुले ताइपेईस्थित संसद्‌मा बोल्दै अन्य एफ-१६ भी विमानहरू पनि चाँडै आइपुग्ने जानकारी दिएका छन् । अमेरिकाले सन् २०१९ मा ताइवानलाई ८ अर्ब अमेरिकी डलर बराबरका एफ-१६ भी जेट बिक्री गर्ने स्वीकृति दिएको थियो ।

तर सफ्टवेयरसम्बन्धी प्राविधिक समस्याका कारण डेलिभरीमा ढिलाइ भएको थियो । नयाँ एफ-१६ भी जेटहरूमा अत्याधुनिक एभियोनिक्स, हतियार र राडार प्रणाली जडान गरिएको छ, जसले चीनका जे-२० स्टेल्थ फाइटरसहितका सैन्य क्षमतासँग सामना गर्न सहयोग पुर्‍याउनेछ ।

बेइजिङले ताइवानलाई आफ्नै भूभाग दाबी गर्दै आएको छ भने ताइवानलाई बलपूर्वक कब्जा गर्ने चीनको नियत कहिल्यै नबदलिएको रक्षामन्त्री कुले बताएका छन् । यसैबीच, ताइवानले आठ वटा पनडुब्बी निर्माण गर्ने घरेलु हतियार कार्यक्रम पनि अघि बढाएको छ ।

यसअन्तर्गत ‘नारवाल’ नामक पहिलो पनडुब्बीको अन्तिम परीक्षण पनि भइरहेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका इन्डो-प्यासिफिक क्षेत्रका मित्र राष्ट्रहरूसँग उभिन प्रतिबद्ध रहेको र त्यसमा ताइवान पनि समावेश रहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ५ : २२ बजे

जिल्ला अदालतले दिएन प्रेसिडेन्सियल स्कुलले रुद्रराज पाण्डेविरुद्ध दायर गरेको मुद्दामा अन्तरकालीन आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले प्रेसिडेन्सियल ग्र्याजुएट स्कुल प्रा.लि.ले रुद्रराज पाण्डेविरुद्ध

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा