नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने « Khabarhub

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता मिति आगामी सोमबार हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार मनोनयन पत्र दर्ता कार्य सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँको राष्ट्रिय सभा गृहमा सञ्चालन हुनेछ । निर्वाचन समितिले योग्य उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्रै आफ्नो मनोनयन पत्र दाखिल गर्न केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यलाई आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिका तर्फबाट सदस्यसचिव राजु कटुवालद्वारा जारी गरिएको विज्ञप्तिमा निर्वाचन कार्यक्रमसम्बन्धी अन्य विस्तृत विवरणहरू भने पछि सार्वजनिक गरिने उल्लेख छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ६ : ४७ बजे

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग