नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने « Khabarhub

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता मिति आगामी सोमबार हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार मनोनयन पत्र दर्ता कार्य सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँको राष्ट्रिय सभा गृहमा सञ्चालन हुनेछ । निर्वाचन समितिले योग्य उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्रै आफ्नो मनोनयन पत्र दाखिल गर्न केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यलाई आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिका तर्फबाट सदस्यसचिव राजु कटुवालद्वारा जारी गरिएको विज्ञप्तिमा निर्वाचन कार्यक्रमसम्बन्धी अन्य विस्तृत विवरणहरू भने पछि सार्वजनिक गरिने उल्लेख छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ६ : ४७ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।