चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना « Khabarhub

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र अन्य घटनालाई नियन्त्रण गर्न कोशी प्रदेशका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडबाडका बेला भिडभाड हुने भएकाले सार्वजनिक सवारी साधन प्रयोग गर्दा हुन सक्ने ठगी रोक्न र सुरक्षित यात्राका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर स्थित बसपार्कमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो । 

शुक्रबार एक कार्यक्रमबीच कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले यात्रु सहायता कक्षको उद्घाटन गरे । 

प्रहरी नायब महानिरीक्षक खनालले चाडबाडका बेला भिडभाड हुने र यस्तो बेला प्रहरी खोज्दै हिँड्न नपरोस् भनेर तत्काल प्रहरीको सेवा उपलब्ध गराउन यात्रु सहायता कक्ष स्थापना गरिएको बताए । 

उनले कानुनले उपलब्ध गराएको परिधिमा रहेर कानुन पालना गराउन प्रहरी तथा ट्राफिक प्रहरीले लाग्नुपर्ने धारणा व्यक्त गरे । 

प्रत्येक वर्ष चाडबाडको समयमा मात्र सञ्चालन हुने यात्रु सहायता कक्षलाई वर्षौभरी सञ्चालन गरिए सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने यातायात व्यवसायी र यात्रुहरूले बताएका छन् । यात्रु सहायता कक्ष कोशी प्रदेशका विभिन्न जिल्लामा एकै साथ स्थापना गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ७ : ३२ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।