सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता « Khabarhub

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग सम्बन्धित पाँचवटा विधेयक दर्ता गराएको छ । संसद् सचिवालयको अभिलेख अनुसार शुक्रबार यी विधेयकहरू औपचारिक रूपमा दर्ता भएका हुन् ।

नागरिक उड्डयन क्षेत्रको नियमन र सेवा सञ्चालनलाई छुट्टाछुट्टै रूपमा व्यवस्थित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएका छन् । जसअन्तर्गत ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८३’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३’ रहेका छन् ।

यसैगरी, सरकारी कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट ‘सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक, २०८३’ संसद् सचिवालयमा दर्ता गरिएको छ । त्यस्तै, पूर्वाधार निर्माण तथा यातायात सुरक्षालाई सुदृढ बनाउन पूर्वाधार विकास मन्त्रालयका तर्फबाट थप दुईवटा विधेयक दर्ता भएका छन् ।

“भवन (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय सडक सुरक्षा विधेयक, २०८३’ रहेका छन् । दर्ता भएका यी विधेयकहरू अब आगामी संसदीय बैठकमा छलफल र पारितको प्रक्रियामा अगाडि बढ्नेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ८ : ३१ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको