सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता « Khabarhub

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग सम्बन्धित पाँचवटा विधेयक दर्ता गराएको छ । संसद् सचिवालयको अभिलेख अनुसार शुक्रबार यी विधेयकहरू औपचारिक रूपमा दर्ता भएका हुन् ।

नागरिक उड्डयन क्षेत्रको नियमन र सेवा सञ्चालनलाई छुट्टाछुट्टै रूपमा व्यवस्थित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएका छन् । जसअन्तर्गत ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८३’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३’ रहेका छन् ।

यसैगरी, सरकारी कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट ‘सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक, २०८३’ संसद् सचिवालयमा दर्ता गरिएको छ । त्यस्तै, पूर्वाधार निर्माण तथा यातायात सुरक्षालाई सुदृढ बनाउन पूर्वाधार विकास मन्त्रालयका तर्फबाट थप दुईवटा विधेयक दर्ता भएका छन् ।

“भवन (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय सडक सुरक्षा विधेयक, २०८३’ रहेका छन् । दर्ता भएका यी विधेयकहरू अब आगामी संसदीय बैठकमा छलफल र पारितको प्रक्रियामा अगाडि बढ्नेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ८ : ३१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली