काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ । शुक्रबार राति पुलमा ढुंगा खस्दा आवागमन एकतर्फी अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
ढुंगा निरन्तर झरिरहेकाले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ ।
“मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी पुलमा माथिबाट ढुंगाहरू खस्दा आवागमन एकतर्फी अवरुद्ध बनेको छ । ढुंगा निरन्तर झरिरहेको छ । रातको समयमा यस सडक खण्ड हुँदै यात्रा गर्दै हुनुहुन्छ भने, कृपया सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन अनुरोध गरिन्छ,” सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ ।














प्रतिक्रिया