गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब « Khabarhub

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका पालनप्रति आकर्षित भएका छन्।

खसीबोका विक्रीबाट जिल्लामा वार्षिक करिब रु. एक अर्ब बराबरसम्मको कारोबार हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेयले जानकारी दिए। गुल्मीमा उत्पादित खसीबोका स्थानीय बजारमा मात्र नभई बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको उनको भनाइ छ।

जिल्लाका प्रत्येक पालिकाबाट वार्षिक करिब ४६ हजार खसीबोका उत्पादन हुने गरेको तथा हाल करिब दुई लाखको सङ्ख्यामा बाख्रा रहेको पशु सेवा केन्द्र गुल्मीले जनाएको छ। प्रमुख पाण्डेयका अनुसार जिल्लाबाट वार्षिक १४ हजार ६०० खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेका छन्। उनका अनुसार जिल्ला बाहिर निर्यात हुने खसीबोकाबाट वार्षिक करिब रु. २६ करोड २८ लाख जिल्ला भित्रिने गरेको छ।

जिल्लामा उत्पादित खसीबोका उचित मूल्यमा सहज रूपमा घरबाटै विक्री हुने भएकाले पनि किसानलाई यो व्यवसायप्रतिको आकर्षण बढेको हो। जिल्लाका सबै पालिकामा पालिने भए पनि खासगरी धुर्कोट पालिका मासुमा आत्मनिर्भर छ। यहाँ उत्पादित खसी बोका जिउँदो प्रतिकिलो ५५० का दरले विक्री वितरण हुँदै आएको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताए। गुल्मीको स्थानीय बजारमा खसी र बोकाको मासु प्रतिकिलो रु. ९५० का दरले विक्री हुँदै आएको छ।

जिल्लामा खासगरी जमुनापारी खरीक्रस, बोयर खरीक्रस र सिरोही खरीक्रस जातका बाख्रापालन हुँदै आएको केन्द्रले जनाएको छ। वार्षिक करिब ६०० को सङ्ख्यामा प्रजननका लागि बोका जिल्ला बाहिर विक्री हुने गरेको छ। त्यस्तै वार्षिक १४ हजार खसीबोका मासुका लागि जिल्ला बाहिर विक्रीका लागि पठाइने गरिएको छ।

पछिल्लो आर्थिक वर्षमा स्थानीय तह तथा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका ४२१ वटा बाख्रा फार्ममा करिब दुई लाख बाख्रा रहेको विज्ञ केन्द्रले जनाएको छ।

कार्यालयले किसानका फार्ममै पुगेर बाख्रामा लाग्ने विभिन्न रोगविरुद्ध निःशुल्क खोप कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। त्यसबाट बाख्रामा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा क्षति न्यूनीकरणमा सहयोग पुगेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १० : १६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका