साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट « Khabarhub

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईका घाइते क्याप्टेन स्मित मच्छरलाई साउदीबाट यूएई लगिएको छ।

दुबई मिडिया अफिसले शुक्रबार विज्ञप्ति जारी गरी ‘मेडिकल मन्जुरीपछि क्याप्टेन यूएई फर्किएको’ जानकारी दिएको हो।

फ्लाई दुबईका सीईओ घैथ अल घैथले जारी गरेको विज्ञप्तिमा भनिएको छ, विमानमा सवार सबै १७२ यात्रु र चालक दल सुरक्षित छन्।’

कम्पनीले घटनाबारे थप विवरण दिएको छैन।

उसले भनेको छ, ‘सम्बन्धित अधिकारीहरूको नेतृत्वमा आधिकारिक अनुसन्धान भइरहेको छ र फ्लाई दुबईले पूर्ण सहयोग गरिरहेको छ।’

अधिकारीहरूको अनुरोधमा कम्पनीले अर्को सूचना नभएसम्म तेल अभिभका उडान हाललाई स्थगन गरेको छ।

गत बुधबार १८० यात्रु लिएर यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको विमानका को-पाइलटले पाइलट स्मित मच्छरलाई चक्कुले हानेपछि विमान साउदी अरबमा लगेर अवतरण गराइएको थियो।

घाइते स्मितलाई साउदीको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको थियो। तर अहिले उनी यूएई फर्किएका हुन्।

यात्रुसमेतको सहयोगमा पाइलट स्मितले विमानलाई दुर्घटनाबाट बचाएका थिए। अहिले उनको विश्वभर प्रशंसा भइरहेको छ।

इजरायली अधिकारीहरूका अनुसार पाइलट स्मितलाई चक्कुले आक्रमण गर्ने को-पाइलट ओमानी नागरिक हुन्। उनलाई को-पाइलटले विमान उडिरहेकै बेला किन चक्कुले हाने भन्ने विषयमा वास्तविकता बाहिर आउन बाँकी नै छ।

यसैबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पाइलट स्मितसँग फोनमा कुरा गर्दै उनको साहसको प्रशंसा गरेका थिए।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १० : २२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका