कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि « Khabarhub

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि बनेका छन् । कास्की क्षेत्र नम्बर १ र कास्की क्षेत्र नम्बर २ बाट बाबु–छोरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । 

कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य रहेका कृष्ण केसी महाधिवेशन प्रतिनिधि भए भने सभापतिमा सरोज केसी विजयी भए । त्यसैगरी क्षेत्र नम्बर २ मा गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विन्दुकुमार थापा र छोरा सौगात थापा निर्वाचित भएका छन् । 

३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा सौगातले उमेदवारी दिएका थिए । बुबा विन्दुले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उमेदवार दिएका थिए । दुवैजना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सौगातले यो परिणाम व्यक्तिगत उपलब्धि मात्र नभइ युवामाथि गरिएको विश्वास भएको बताएका छन् । पोखराको व्यावसायिक घरनाका थापा केही दिन पहिले पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षमा विजयी भएका थिए । 

विन्दुले क्षेत्रीय अधिवेशनमा प्रतिनिधिले देखाएको माया, विश्वास र सद्भावलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताए । 

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन यही असोज १८ गते काठमाडौंमा हुँदै छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १० : ३३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका