पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने « Khabarhub

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो ।

उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिए ।

सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ । सडक बन्द हुँदा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमा पनि मागेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ७ : ३७ बजे

म्याग्दीको पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

म्याग्दी- गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन पहल

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडकको

विपद प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा

म्याग्दी– मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको

हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल