मधेस सरकार गठनबारे दलहरुबीच संवाद भइरहेको छ : प्रचण्ड « Khabarhub

मधेस सरकार गठनबारे दलहरुबीच संवाद भइरहेको छ : प्रचण्ड


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको बताएका छन् ।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरुबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको बताए ।

उनले भने, ‘हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ ।’

संयोजक दाहालले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिहेको बताए । ‘यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ,’ उनले भने, ‘यसै अभियानको धरातलबाट हामी लोकतान्त्रिक गणतन्त्र पक्षधरबीचको सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्ने छौँ ।’

यसैबीच, सो दलले राष्ट्रिय जागरण अभियानअन्तर्गतको मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम बर्दिबासमा आज आयोजना गरेको छ ।

कार्यक्रममा मधेशभरिका पार्टीका केन्द्रीय सदस्य, मधेस प्रदेश कमिटीका पदाधिकारी र जिल्ला अध्यक्ष÷संयोजक सहभागी हुने उक्त दलका मधेश प्रदेश इञ्चार्ज राजु खड्काले जानकारी दिए । कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी रहने जनाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १० : ३३ बजे

एनपीएल क्रिकेट : काठमाडौँले टस जित्यो

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली

बिगमार्टबाट ४१५ रुपैयाँको सामान किनेका पण्डितले पाए १० लाख

काठमाडौं– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक

पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय समिति गठन गर्न माग

काठमाडौं– नेपाली कांग्रेसले पत्रकार धरपकड लगायतका सबै विवादित सरकारी गतिविधिको

दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

सप्तरी– तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती

दुईदिन घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी