भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार « Khabarhub

भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली– भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । 

आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे-फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरु केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए । 

फसेका पर्यटकहरुमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी रहेको उनले जानकारी दिइन् । उनले उनीहरूलाई आइतबार उद्धार गर्ने प्रयास भए पनि प्राविधिक समस्याका कारण हुन नसकेको बताइन् ।
 

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ११ : २७ बजे

२५औँ सत्याग्रह सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या : काठमाडौंमा उपचार हुँदै (तस्बिरहरू)

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई स्वास्थ्यमा

बालेनले नबोलाउँदा १७ दिनदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेन 

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठक १७ दिनदेखि

काठमान्डु र कर्णालीबीचको खेल हेर्न पुगेका समर्थक (तस्बिरहरु)

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत काठमान्डु गोर्खाज र कर्णाली याक्सबीचको खेल

१७ वर्षपछि हरर चलचित्रमा फर्किँदै कंगना, राणा दग्गुबातीसँग पहिलो सहकार्य

काठमाडौँ– बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइँदै

बाजुरा– बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम