पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय समिति गठन गर्न माग « Khabarhub

पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय समिति गठन गर्न माग


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पत्रकार धरपकड लगायतका सबै विवादित सरकारी गतिविधिको छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड लगायतका सबै विवादित सरकारी गतिविधिहरूको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नका लागि संसदीय विशेष समिति गठनको माग गरेको हो ।

बैठकले निर्वाचनबाट प्राप्त जनआदेश अनुसार शासन सञ्चालन हुनुपर्ने र संविधान तथा कानुनभन्दा माथि उठ्न नहुनेमा जोड दिइएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जानकारी दिए । 

पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको उनले बताए । 

पत्रकार पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति विना समाचार कक्षबाटै प्रहरी परिचालन गरी पत्रकारहरूलाई पक्राउ गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब तथा विधिको शासनको विपरीत र स्वेच्छाचारी कदम भएको आङदेम्बेले उल्लेख गरे । 

त्यस्तै उनले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्ने, सरकारको काम कानुनको उचित प्रक्रिया अनुसार हुनुपर्ने र न्याय सम्पादन गर्ने ढङ्गहरू विवादित हुन नहुने धारणा राखे । सबै विषयहरूलाई संसद् मार्फत निष्कर्षमा पुर्‍याउन र उच्चस्तरीय छानबिन संसदीय समिति गठन गर्नका लागि विपक्षी दलहरूको बैठकमा थप छलफल भइ आवश्यक निष्कर्ष निकालिने आङदेम्बेले बताए । 

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १२ : ०० बजे

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

न्यायाधीशबारेका समाचारमा सर्वोच्चको ध्यानाकर्षण, निष्पक्ष छानबिन गर्न आग्रह

काठमाडौँ – सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा

देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु, १७ बेपत्ता

काठमाडौँ– चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म

सिंहदरबारमा प्रतिपक्षी दलको बैठक, के छन् एजेण्डा ?

काठमाडौँ– सरकारको कार्यशैली र संविधान तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै

प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर

रसुवा– धैबुङ  कालिका  मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार