एनपीएल क्रिकेट : काठमाडौँले टस जित्यो « Khabarhub

एनपीएल क्रिकेट : काठमाडौँले टस जित्यो


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भरखरै भएको टसमा काठमाडौँ कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेको छन् । 

यससँगै कर्णाली याक्सले पहिला ब्याटिङको निम्तो पाएको छ ।  कर्णालीले लगातार दुई खेलमा विजयी हुँदै चार अंक जोडेको छ । कर्णाली अंक तालिकाको शीर्ष स्थानमा छ । 

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले आज पनि जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा काठमाडौँलाई ४ विकेटले हराएको थियो ।

यता करण केसीको कप्तानीमा रहेको काठमाडौँ पहिलो जित निकाल्ने दाउमा छ । काठमाडौँ अंकविहीन छ । काठमाडौँ पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो । 

काठमाडौँको प्लेइङ ११ मा कप्तान करण केसीसहित भीम सार्की, राशिद खान, मोहम्मद आदिल आलम, सन्तोष यादव, शाहब आलम, देव शाह, रिपोन मण्डल, डेभिड वार्नर, स्मित पटेल र जहान्दाद खान रहेका छन् । 

यता कर्णालीको प्लेइङ ११ मा भने कप्तान सोमपाल कामीसहित गुलशनकुमार झा, नन्दन यादव, दीपक डुम्रे, उनिश सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अरिफुल इस्लाम, मार्क वाट, मोहम्मद हुसेन तलात र जिसान आलम परेका छन् । 

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १२ : ३५ बजे

तस्बिरमा कर्णालीको ब्याटिङ, काठमाडौँको बलिङ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा

एजेन्सी – अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

घुसकाण्डबारे बोल्यो सर्वोच्च : जवाफको पाँच बुँदामा के छ ?

काठमाडौँ – सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा

देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु, १७ बेपत्ता

काठमाडौँ– चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म