इरानमाथि फेरि सैन्य कारबाही गर्न ट्रम्पलाई नेतान्याहुको दबाब « Khabarhub

इरानमाथि फेरि सैन्य कारबाही गर्न ट्रम्पलाई नेतान्याहुको दबाब


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि पुनः सैन्य कारबाही सुरु गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दबाब दिएको एक प्रतिवेदनले जनाएको छ ।

समाचार संस्था एक्सियोसका अनुसार शनिबार नेतान्याहु र ट्रम्पबीच टेलिफोन वार्ता भएको थियो । वार्ताका क्रममा इरानसँग जारी कूटनीतिक संवाद र सम्भावित सैन्य कारबाहीबारे छलफल भएको थियो । ट्रम्पले आइतबार उक्त टेलिफोन वार्ता ‘धेरै राम्रो’ भएको बताएका थिए  ।

प्रतिवेदनअनुसार नेतान्याहु इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्ने पक्षमा छन् भने ट्रम्प तत्काल वार्तामार्फत समाधान खोज्न चाहन्छन्। यद्यपि ट्रम्पले कूटनीतिक प्रयाससँगै सैन्य विकल्प पनि खुला राखेको जनाइएको छ ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाएका छन् । कतारी मध्यस्थकर्ताले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले भने वार्तामा अहिलेसम्म सहमति हुन नसकेको बताए। उनले कूटनीतिक समाधानका लागि प्रयास जारी रहेको उल्लेख गर्दै अमेरिकाले पनि कूटनीतिक मार्ग रोज्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १२ : ४२ बजे

तस्बिरमा कर्णालीको ब्याटिङ, काठमाडौँको बलिङ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा

एजेन्सी – अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

घुसकाण्डबारे बोल्यो सर्वोच्च : जवाफको पाँच बुँदामा के छ ?

काठमाडौँ – सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा

देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु, १७ बेपत्ता

काठमाडौँ– चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म