१७ वर्षपछि हरर चलचित्रमा फर्किँदै कंगना, राणा दग्गुबातीसँग पहिलो सहकार्य « Khabarhub

१७ वर्षपछि हरर चलचित्रमा फर्किँदै कंगना, राणा दग्गुबातीसँग पहिलो सहकार्य


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत झन्डै १७ वर्षपछि हरर चलचित्रमा देखिने भएकी छन्। उनले अभिनेता राणा दग्गुबातीसँग पहिलोपटक सहकार्य गर्न लागेकी हुन्।

राणा दग्गुबातीले दिल्लीमा आयोजित ‘हररकन इन्डिया २०२६’ कार्यक्रममा आफ्नो आगामी चलचित्र ‘स्केरी पिक्चर’ घोषणा गर्दै कंगना मुख्य भूमिकामा रहने जानकारी दिएका हुन्। चलचित्रलाई तेलुगु चलचित्र निर्माता तथा अभिनेता रवि बाबुले निर्देशन गर्नेछन्।

राणाका अनुसार रवि बाबुले यसअघि तेलुगु भाषामा विभिन्न हरर चलचित्र निर्माण गरिसकेका छन्। तर, हिन्दी भाषामा निर्देशकका रूपमा उनको यो पहिलो फिचर चलचित्र हुनेछ। चलचित्रको नाम पनि पहिलोपटक यही कार्यक्रममा सार्वजनिक गरिएको हो।

चलचित्र घोषणासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको चर्चा सुरु भएको छ। कंगनाले पनि आफ्नो इन्स्टाग्राममार्फत राणाले चलचित्र घोषणा गरिरहेको भिडियो साझा गरेकी छन्।

यद्यपि, चलचित्रको कथावस्तु, छायांकन सुरु हुने समय र प्रदर्शन मितिबारे निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

कंगनाका लागि यो चलचित्र हरर विधामा पुनरागमन हुनेछ। उनले यसअघि सन् २००९ मा प्रदर्शन भएको मोहित सुरी निर्देशित हरर चलचित्र ‘राज २’ मा अभिनय गरेकी थिइन्। उक्त चलचित्रमा उनीसँगै अभिनेता इमरान हाश्मी पनि मुख्य भूमिकामा थिए। ‘राज २’ व्यावसायिक रूपमा सफल भएको थियो।

यसअघि कंगनाले ‘क्वीन २’ मार्फत पनि चलचित्रको पर्दामा पुनरागमन गर्ने तयारी गरिरहेकी छन्।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १ : २७ बजे

तस्बिरमा कर्णालीको ब्याटिङ, काठमाडौँको बलिङ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा

एजेन्सी – अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

घुसकाण्डबारे बोल्यो सर्वोच्च : जवाफको पाँच बुँदामा के छ ?

काठमाडौँ – सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा

देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु, १७ बेपत्ता

काठमाडौँ– चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म