काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई स्वास्थ्यमा जटिलता देखिएपछि आज बिहान १०:३० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको छ । उनको अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताउँदै उनका सहयोगी पवन थापाले सरकारले यथाशीघ्र वार्ता गरी माग सम्बोधन गर्नुपर्ने बताएका छन्।
थापाका अनुसार हिजो स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याउने विषयमा सरकार तथा सम्बन्धित मन्त्रालयसँग समन्वय गरिएको थियो ।
तर, काठमाडौं ल्याइसकेपछि सरकारका तर्फबाट उनको स्वास्थ्य अवस्थाबारे बुझ्न र जानकारी लिन अहिलेसम्म कोही पनि नआएको तथा कुनै फोनसमेत नआएको उनले बताए ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै डा. केसीले गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा २५औँ सत्याग्रह सुरु गरेका थिए ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी






















प्रतिक्रिया