काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठक १७ दिनदेखि बस्न सकेको छैन। सामान्यतया सातामा एकदेखि दुई पटक बस्दै आएको बैठक लामो समयदेखि नबसेको हो।
प्रधानमन्त्री शाहले यसअघि साताको प्रत्येक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक राख्दै आएका थिए। तर, दसैँअघि असोज ३० गते बसेको बैठकयता नयाँ बैठक आह्वान गरिएको छैन।
यस वर्ष असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दसैँ बिदा रहेकाले नियमित बैठक प्रभावित भएको थियो। तर, दसैँ बिदा सकिएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन।
अब कात्तिक २१ गतेदेखि तिहार बिदा सुरु हुँदैछ। त्यसअघि पनि मन्त्रिपरिषद् बैठक बस्नेबारे कुनै जानकारी सार्वजनिक भएको छैन।















प्रतिक्रिया