बालेनले नबोलाउँदा १७ दिनदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेन  « Khabarhub

बालेनले नबोलाउँदा १७ दिनदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेन 


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठक १७ दिनदेखि बस्न सकेको छैन। सामान्यतया सातामा एकदेखि दुई पटक बस्दै आएको बैठक लामो समयदेखि नबसेको हो।

प्रधानमन्त्री शाहले यसअघि साताको प्रत्येक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक राख्दै आएका थिए। तर, दसैँअघि असोज ३० गते बसेको बैठकयता नयाँ बैठक आह्वान गरिएको छैन।

यस वर्ष असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दसैँ बिदा रहेकाले नियमित बैठक प्रभावित भएको थियो। तर, दसैँ बिदा सकिएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन।

अब कात्तिक २१ गतेदेखि तिहार बिदा सुरु हुँदैछ। त्यसअघि पनि मन्त्रिपरिषद् बैठक बस्नेबारे कुनै जानकारी सार्वजनिक भएको छैन।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १ : ३५ बजे

बाढी प्रभावित बेथानचोकका सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण

काभ्रे – गत कात्तिक १३ र १४ गतेको बाढीबाट प्रभावित

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानले दियो कडा प्रतिकारको जवाफ

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि  फेरि सैन्य आक्रमण हुन सक्ने

दक्षिण कोरियाको एआईमा १६ अर्ब डलर लगानी

सियोल– दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता(एआई) र सेमिकन्डक्टर

आरोप निराधार रहेको गगन सचिवालयको दाबी, सरकारले भ्रम फैलायो

काठमाडौं– नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक

चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको ट्रम्पको आरोप, आफूहरू अझ सक्षम रहेको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकामाथि जासुसी