घुसकाण्डबारे बोल्यो सर्वोच्च : जवाफको पाँच बुँदामा के छ ? « Khabarhub

घुसकाण्डबारे बोल्यो सर्वोच्च : जवाफको पाँच बुँदामा के छ ?


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार बसेको सबै न्यायाधीश सम्मिलित बैठकले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सार्वजनिक भएका विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा पूर्वाग्रहरहित र स्वतन्त्र ढंगले अनुसन्धान गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न भनिएको छ ।

बैठकले समाचारका सम्बन्धमा हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम सहयोग तथा जवाफदेहिता निर्वाह गर्न न्यायपालिका प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

त्यस्तै, छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

न्यायपालिका जनताको आस्था र विश्वासमा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचारले सेवाग्राहीमा भ्रम र नकारात्मक असर पार्न नहुने बैठकको भनाइ छ ।

बैठकले प्रकाशित समाचारबाट विचलित नभई नियमित न्यायिक काममा सक्रिय रहन देशभरका अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  २ : १५ बजे

प्रतिपक्षीको एकै स्वर- अध्यादेशबाट होइन, संसद् बैठक बोलाऔँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुले संसद बैठक आह्वान

न्यायाधीशमाथि महाअभियोग : सत्तापक्षको निर्णय कुर्दै कांग्रेस 

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तापक्षको

सरकारको कार्यशैलीमाथि एमालेको टिप्पणी- राज्यको जिम्मेवारी भाँडाकुटी खेल झै बनाए

काठमाडाैँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिले

बाढी प्रभावित बेथानचोकका सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण

काभ्रे – गत कात्तिक १३ र १४ गतेको बाढीबाट प्रभावित

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानले दियो कडा प्रतिकारको जवाफ

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि  फेरि सैन्य आक्रमण हुन सक्ने