इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानले दियो कडा प्रतिकारको जवाफ « Khabarhub

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानले दियो कडा प्रतिकारको जवाफ


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि  फेरि सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएपछि मध्यपूर्वमा फेरि तनाव बढ्ने सङ्केत देखिएको छ । इरानले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र निर्णायक हुने चेतावनी दिएको छ । 

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनलाई लक्षित गर्दै आइतबार आयोवामा आयोजित चुनावी सभामा ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने सङ्केत गरेका हुन् ।

‘इरानसँगको विषय टुङ्ग्याउन नसक्नुको एउटै कारण म संयमित हुन चाहनु हो । कुनै समयमा हामीले उनीहरूलाई कडा प्रहार गर्नुपर्ने हुन्छ,’ ट्रम्पले भने ।

ट्रम्पको अभिव्यक्तिपछि इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले अमेरिकाले आक्रमण गरे तत्काल र निर्णायक प्रतिकार गरिने बताएका छन् । इरानको अर्धसरकारी मेहर समाचार संस्थाका अनुसार उनले इरानको पहुँचभित्र रहेका अमेरिकी सैन्य अखडा, उपकरण, कर्मचारी र स्वार्थलाई निशाना बनाउन सकिने चेतावनी दिएका छन् । सम्भावित नयाँ युद्ध अघिल्लोभन्दा लामो समयसम्म चल्न सक्ने उनको भनाइ छ ।

यसैबीच, अमेरिकी समाचार संस्था एक्सियोसका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार टेलिफोन वार्ताका क्रममा मध्यावधि निर्वाचनलगत्तै इरानमाथि आक्रमण गर्न ट्रम्पलाई आग्रह गरेका थिए । तर ट्रम्प भने कूटनीतिक वार्तालाई निरन्तरता दिने पक्षमा रहेको बताइएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शान्ति वार्ता पुनः सुरु गर्न आह्वान गर्दै पठाएको पत्र बिहीबार इरानले प्राप्त गरेको थियो । ट्रम्पको निर्देशनमा पठाइएको उक्त पत्रको भाषालाई तेहरानले सकारात्मक सङ्केतका रूपमा लिएको जनाएको छ ।

यद्यपि, वाल स्ट्रिट जर्नलका अनुसार वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले बिहीबार ट्रम्पलाई इरानसम्बन्धी सम्भावित सैन्य विकल्पबारे जानकारी गराएका थिए । मध्यावधि निर्वाचनपछि इरानविरुद्ध छोटो तर तीव्र सैन्य अभियान सञ्चालन गर्ने तयारीस्वरूप अमेरिकाले खाडी क्षेत्रका केही देशसँग पनि आग्रह गरेको समाचारमा उल्लेख छ ।

इरानका सर्वोच्च नेता मोजतबा खमेनीले पनि शनिबार वरिष्ठ सैन्य कमान्डरहरूलाई शत्रुबाट आउने जुनसुकै स्तरको खतराको तत्काल र प्रभावकारी जवाफ दिन निर्देशन दिएका छन् । यस्तो प्रतिकार भौगोलिक सीमाभित्र मात्र सीमित हुन नहुने उनको भनाइ छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वस्थित अमेरिकी सैन्य अखडा तथा सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । त्यसयता इरानले हर्मुज जलघाँटीमाथिको नियन्त्रणसमेत कडा बनाएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ३ : १२ बजे

यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन

हुम्ला – चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी

काठमाडौँ चार विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली

काठमाडौँ – काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ

बालिकामाथि जबरजस्ती करणीको आरोपमा २६ वर्षीय युवक पक्राउ

मकवानपुर– १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरका २६

रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला, झुटा सूचना फैलाइयो

काठमाडौँ – रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला भएको

काठमाडौँका रसिद खानले बनाए अर्धशतक

काठमाडौँ – कर्णाली याक्सविरुद्ध काठमाडौँ गोर्खाजका रसिद खानले अर्धशतक बनाएका