रैथाने परिकारसम्बन्धी सीप विकास तालिम सञ्चालन « Khabarhub

रैथाने परिकारसम्बन्धी सीप विकास तालिम सञ्चालन


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मराङमा रैथाने बाली परिकारसम्बन्धी एक हप्ते तालिम सञ्चालन गरिएको छ । 

लो-मराङ होमस्टे तथा पर्यटन व्यवसायीलाई लक्षित गरी एक्याप लोमान्थाङले उक्त तालिम आयोजना गरेको हो । सामुदायिक होमस्टे (घरवास) चलाएर बसेका घरधुरी तथा अन्य गाउँका स्थानीयलाई  रैथाने खाद्य परिकारसम्बन्धी सीप तथा क्षमता विकासका लागि कुकिङ तालिम सञ्चालन गरिएको हो । 

भौगोलिक रूपले विकट गाउँ मराङमा लोघेकर दामोदरकुण्डका स्थानीयलाई पर्यटनसँग जोड्ने गरी कुकिङ तालिम दिन सुरु गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय लोमान्थाङको प्राविधिक सहयोग तथा लो-मराङ सामुदायिक होमस्टेको समन्वयमा रैथाने उत्पादनका परिकार बनाउने सीप विकास तालिम आइतबारदेखि सुरु गरिएको हो । 

तालिमको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उद्‌घाटन गरे। अध्यक्ष विष्टले स्थानीयको जीविकोपार्जन तथा आयआर्जनका लागि रैथाने खानाका परिकार बनाउने तालिम फलदायी हुने अपेक्षा गरे। 

परम्परागत बालीको संरक्षण तथा प्रबर्द्धन गरी स्थानीय होमस्टे चलाएर बसेका तथा अन्य घरधुरीलाई यसप्रकारको तालिमले ठूलो ज्ञानसीप र क्षमता अभिवृद्धि गर्नमा योगदान पुग्ने विश्वास गरिएको छ । 

 मराङ गाउँमा ४८ घरधुरी मध्ये १८ घरधुरीले होमस्टे (घरवास) सञ्चालन गरेका छन् । रैथाने खाद्यबालीका  खानका परिकार बनाउने सीपमूलक तालिममा २८ घरधुरीको सहभागिता छ। 

तालिममा मराङ सामुदायिक होमस्टे घरधुरीसहित चराङ, घमी, यारा र घारा गाउँका पर्यटन व्यवसायी तथा स्थानीयको सहभागिता  छ । होमस्टे प्रबर्द्धन, गुणस्तर वृद्धि तथा रैथानी बाली प्रबर्द्धन गर्दै स्थानीयको सीप तथा आयश्रोत वृद्धि गर्ने तालिमको मुख्य उद्देश्य रहेको छ । 

तालिममा रैथानेबाली फापर, उवा, जौ, गहु, मकै, बोडी, सिमी लगायतका खाद्यबालीका परिकार बनाउन सिकाइने छ । यसैगरी च्याङ्ग्रा, याक, लोकल कुखुराको मासुजन्य परिकारहरू बनाउने तालिम पनि प्रदान गरिने भएको छ । 

विश्वकै पहिलो र पुरानो दावी गरिएको लोघेकर गुम्बा (घर गुम्बा) ऐतिहासिक गुम्बाको रुपमा परिचित छ । धार्मिक तथा सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यताले भरिएको मुस्ताङको मराङ गाउँ पयटनको प्रचूर सम्भावना रहेको छ । तर, त्यहाँको आवश्यक प्रचार-प्रसार नहुँदा मुस्ताङको मराङ गाउँ ओझेलमा परेको छ । 

राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकमार्ग नजिकै रहेको मराङ गाउँ चराङदेखि ५ किमी पश्चिममा पर्छ । भिरालो सतहमा अवस्थित मराङ गाउँका अधिकांश स्थानीय कृषि र पशुपालनमा आत्मनिर्भर छन् । 

उनीहरूलाई पर्यटनसँग जोड्ने गरी एक्याप लोमान्थाङले होमस्टे सञ्चालनदेखि आवश्यक कार्यहरूमा प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ३ : ५६ बजे

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ नगर्न मन्त्री रावलको निर्देशन

भद्रपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

कृषिमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता, जलवायु वित्त र कोप–३१ को तयारीबारे छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम

जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

काठमाडौँ–  जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम

यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन

हुम्ला – चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी

काठमाडौँ चार विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली

काठमाडौँ – काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ