फ्लोरिडामा निजी विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु « Khabarhub

फ्लोरिडामा निजी विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको दक्षिणी फ्लोरिडामा आइतबार निजी विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा विमान दुर्घटना भएको हो ।

अमेरिकी यातायात सचिव सिन डफीले पाम बिच काउन्टीमा भएको दुर्घटनामा विमानमा सवार नौ जनाकै मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार लियरजेट ६० विमान टेक्सासको अस्टिनबाट बहामासतर्फ उडेको थियो ।

विमान पाम बिच काउन्टीको क्रेस्टहेभननजिकै व्यस्त सडकछेउमा खसेको थियो । दुर्घटनापछि ठूलो आगलागी भएको थियो । फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले घटनालाई विनाशकारी दुर्घटनाको संज्ञा दिँदै जमिनमा रहेका अन्य व्यक्ति घाइते भएको खबर नआएको बताएका छन् ।

पाम बिच काउन्टीका आयुक्त जोएल फ्लोरेसका अनुसार विमान मोबाइल घरहरूको बस्तीको प्रवेशद्वारनजिकै खसेको थियो । दुर्घटनापछि उक्त बस्तीका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।

दुर्घटना हुँदा राष्ट्रपति ट्रम्प मार–ए–लागोमै थिए । उनी दुर्घटनास्थलनजिकै रहेको राष्ट्रपति डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः५५ बजे एयर फोर्स वनमार्फत प्रस्थान गरेका थिए । विमान दुर्घटना हुनुभन्दा करिब एक घण्टाअघि नै उनले यात्रा सुरु गरेको जनाइएको छ ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाबारे अनुसन्धान सुरु गर्ने जनाएका छन् । दुर्घटनाअघि उक्त क्षेत्रमा आँधीबेहरी आएको बताइएको छ ।

हवाई सञ्चारको अभिलेखअनुसार दुर्घटनाअघि चालकदलले विमानमा मध्यमस्तरको हावाको अशान्ति र बरफ जम्ने समस्या रहेको जानकारी गराएका थिए । वर्षायुक्त क्षेत्रमा प्रवेश गरिरहेको विमानको उचाइ बढाउनुपर्ने बताएको केही समयपछि चालकदलले आपत्कालीन सङ्केत ‘मेडे’ दिएका थिए ।

अभिलेखमा विमान प्रतिमिनेट १० हजार फिटको गतिमा तल झरिरहेको र केही सेकेन्डपछि झर्ने गति प्रतिमिनेट २० हजार फिट पुगेको उल्लेख छ । सम्पर्क टुट्नुअघि चालकदलका एक सदस्यले विमान जमिनतर्फ खसिरहेको जानकारी गराएका थिए । दुर्घटनाको वास्तविक कारण भने अनुसन्धानपछि खुल्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : ०४ बजे

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ नगर्न मन्त्री रावलको निर्देशन

भद्रपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

कृषिमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता, जलवायु वित्त र कोप–३१ को तयारीबारे छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम

जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

काठमाडौँ–  जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम

यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन

हुम्ला – चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी

काठमाडौँ चार विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली

काठमाडौँ – काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ