यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन « Khabarhub

यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हुम्ला – चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले कर्मचारी अभाव, कमजोर सञ्चार तथा इन्टरनेट सेवा र प्रतिकूल मौसमका बाबजुद आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले उक्त आर्थिक वर्षमा ६ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा १९ लाख ६ हजार रुपैयाँ सङ्कलन गरेको हो । यो लक्ष्यको तुलनामा तीन गुणाभन्दा बढी हो ।

यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा ६ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । हालसम्म २ लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको उनले जानकारी दिए ।

हिल्सा नाकाबाट सिमेन्ट, छडलगायत निर्माण सामग्री तथा अन्य वस्तु आयात हुने गरेका छन् । यस्ता वस्तुको आयातबाट भन्सार महसुलसँगै अन्तःशुल्कसमेत सङ्कलन हुने गरेको छ ।

तर, भन्सार कार्यालयमा आवश्यक पूर्वाधार र जनशक्तिको अभावले सेवा प्रवाहमा समस्या भइरहेको छ । भन्सारसम्बन्धी अनलाइन प्रणाली सञ्चालन गर्न भरपर्दो इन्टरनेट सेवा नहुँदा अभिलेख राख्नसमेत कठिनाइ हुने गरेको प्रमुख जैसीले बताए ।

भौगोलिक विकटता, सडक पहुँचको असहजता र बारम्बार हुने हिमपातका कारण कर्मचारीलाई स्थायी रूपमा खटाउन पनि समस्या रहेको छ । त्यस्तै, खटिएका कतिपय कर्मचारीमा भन्सार प्रक्रिया र करसम्बन्धी पर्याप्त जानकारी नहुँदा राजस्व सङ्कलन तथा सेवा व्यवस्थापन थप चुनौतीपूर्ण बनेको कार्यालयले जनाएको छ ।

हिल्सा नाकामा क्वारेन्टाइनको व्यवस्था नहुँदा विशेषगरी कृषि तथा पशुजन्य वस्तुको निर्यातमा समेत समस्या हुने गरेको छ । आवश्यक भौतिक पूर्वाधार र प्राविधिक व्यवस्थापनको अभावले नाकाबाट हुन सक्ने व्यापारिक गतिविधि विस्तार हुन नसकेको कार्यालयको भनाइ छ ।

पश्चिम नेपाल र चीनबीचको व्यापारिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिने हिल्सा नाकामा भन्सार पूर्वाधार, दक्ष जनशक्ति, भरपर्दो सञ्चार तथा इन्टरनेट सेवा र क्वारेन्टाइनको व्यवस्था गर्न सके व्यापार विस्तारसँगै राजस्व सङ्कलन पनि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : २५ बजे

युगान्डाले सोमालियाबाट सेना फिर्ता गर्न थाल्यो

कम्पाला– युगान्डाले सोमालियामा तैनाथ आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया सुरु

त्रिवि मैदानमा जित, दादा र मिस्टर याकको दोस्ती (तस्बिरहरू)

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको मस्टक जित,

सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खोस्रो खेलमा

परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

 काठमाडौँ – राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि राहदानी, बैंक

सात महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट १