तीन वर्षमा १० फिल्म असफल, यो वर्ष दुई फिल्मबाट दयाहाङको कमब्याक « Khabarhub

तीन वर्षमा १० फिल्म असफल, यो वर्ष दुई फिल्मबाट दयाहाङको कमब्याक


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही समयअघिसम्म अभिनेता दयाहाङ राईको स्टारडममाथि प्रश्न उठ्न थालेको थियो । उनले अभिनय गरेका फिल्मले लगातार अपेक्षित व्यापार गर्न नसक्दा उनको व्यावसायिक सफलतामाथि चर्चा हुन थालेको थियो । तर, यस वर्ष भने दयाहाङले बक्स अफिसमा यस्तो पुनरागमन गरेका छन्, जसले उनलाई फेरि चर्चाको केन्द्रमा ल्याएको छ।

डेढ महिनाको अन्तरालमा प्रदर्शन भएका उनका दुई फिल्म ‘पेन्सन पट्टा’ र ‘कबड्डी ५’ व्यावसायिक रूपमा सफल भएका छन्। गत भदौ २६ गते प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो। त्यसपछि कात्तिक ६ गते दसैँको अवसरमा रिलिज भएको ‘कबड्डी ५’ले प्रदर्शनको १० दिनमै साढे १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

यससँगै ‘कबड्डी ५’ यस वर्ष सबैभन्दा छिटो १० करोड कमाउने नेपाली फिल्म बनेको छ। फिल्मको व्यापारिक गति हेर्दा यसको कमाइ १५ करोड रुपैयाँसम्म पुग्ने अपेक्षा गरिएको छ। लगातार दुई फिल्मले १० करोडको आँकडा पार गरेपछि दयाहाङ यस वर्ष बक्स अफिसमा सफल दुई फिल्म दिने पहिलो अभिनेता बनेका छन्।

उनका लागि यो सफलता सामान्य भने होइन। पछिल्ला तीन वर्षमा ‘रिमै’, ‘राजागञ्ज’, ‘दुःखी आत्मा’, ‘कार्साङ’, ‘पिताम्बर’, ‘भूठान’, ‘महाभोज’, ‘वरिष्ठ बलराम’, ‘मिरमिरे’ र ‘मितज्यू’ गरी १० फिल्मले व्यावसायिक रूपमा अपेक्षित सफलता पाउन सकेका थिएनन्। लगातारको असफलताले उनको स्टारडममाथि समेत प्रश्न उठाएको थियो।

तर, ‘पेन्सन पट्टा’ र ‘कबड्डी ५’को सफलताले दयाहाङलाई पुनः बक्स अफिसको दौडमा बलियो बनाएको छ। यही सफलतापछि उनलाई ‘बक्स अफिसका महानायक’ भन्न थालिएको छ।

यद्यपि, दयाहाङ भने यस्तो उपाधिलाई सहज रूपमा स्वीकार गर्दैनन्। उनी भन्छन्, ‘यो मेरो लागि भारी हुन्छ। फिल्म भनेको कहिले चल्छ, कहिले चल्दैन। मेरा धेरै फिल्म चलेका पनि छन् र धेरै व्यावसायिक रूपमा असफल पनि भएका छन्। यसैले यस्तो उपाधितिर नजाऊँ।’

लगातारका दुई सफलताले दयाहाङको करिअरमा नयाँ ऊर्जा थपेको छ। अब उनको आगामी फिल्मले पनि यही सफलता कायम राख्न सक्छन् वा सक्दैनन् भन्ने चासो दर्शकमाझ रहनेछ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ७ : ११ बजे

माग्रीभिरको कडा चट्टान छिचोलियो : सडक सञ्जालमा पहुँच हुने आशा

मुगु– गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३००

बाढीपीडितलाई नगद सहायता उपलब्ध गराउनेबारे छलफल

रसुवा-भोटेकोशी, बुढीगण्डकी बाढीलगायतका विपद्‌बाट प्रभावित घरपरिवार एवं व्यक्तिहरुलाई नगद सहायता

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति