जलवायु परिवर्तनका समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक « Khabarhub

जलवायु परिवर्तनका समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानका लागि स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित चुनौती सामना गर्न दुवै देशबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।

भेटमा राष्ट्रपति पौडेलले नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले पुर्‍याएको निरन्तर सहयोगको प्रशंसा गरे। नेपालको लोकतन्त्र, सङ्घीयता, स्थानीय शासन तथा सामाजिक–आर्थिक विकासलाई सुदृढ बनाउन स्विट्जरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोग महत्त्वपूर्ण रहेको उनले बताए।

राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डको सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू प्रभावित रहेको पनि उल्लेख गरे।

भेटका क्रममा राष्ट्रिय परिषद्का अध्यक्ष पेजले हिमाली क्षेत्रका हिमालहरूमा परिवर्तन भइरहेको उल्लेख गर्दै त्यसबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली महत्त्वपूर्ण हुने बताए। स्विट्जरल्यान्डले यस क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै उहाँले नेपालसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भेटका विषयमा जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ६ : ०८ बजे

विपद्का बेला दूरसञ्चार सेवा तयारी अवस्थामा राख्न मन्त्री तिमिल्सिनाको जोड

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्को समयमा नेपाल

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

काठमाडौँ –चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ

अमेरिकाले १५० भन्दा बढी अफगान नागरिकलाई निर्वासन गर्ने तयारी गरेपछि तालिबानको चिन्ता

काठमाडौँ – अमेरिकाले १५० भन्दा बढी अफगान नागरिकलाई पाकिस्तान हुँदै

सालका रुख अवैध रुपमा कटान

खोटाङ – साल (सखुवा)का  रूख अवैध रुपमा ढालेर कटान गरेको

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

रुकुम पश्चिम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलामा जिप र मोटरसाइकल