काठमाडौँ –चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ ।
सुदूरपश्चिमले टस जितेर फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको चितवनले ६ विकेटको क्षतिमा १२९ रन बनाएको हो ।
चितवनका लागि सर्वाधिक ४९ रन बनाएका रबि बोपारा अर्धशतक बनाउन एक रनले चुके । ४० बलको सामना गर्दा उनले दुई छक्का र तीन चौकाको मद्दतमा ४९ रन बनाएका हुन् । उसका लागि विवेक यादवले १७, डेबिड मलानले १६, अर्जुन साउद र सिकन्दर राजाले समान १५–१५ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर देव खनाल ७ रनमा आउट हुँदा टोम टेलर ६ बलमा ६ रन बनाएर नटआउट रहे ।
चितवनलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि स्कट कुगलेइनले दुई विकट हात पार्दा हमेन्त धामी, कप्तान दिपेन्द्रसिंह ऐरी र अनिल खरेलले एकएक विकेट हात पारे । अब केहीबेरमा सुदूरपश्चिमले जवाफी ब्याटिङ गर्नेछ ।



































































प्रतिक्रिया