बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइयो « Khabarhub

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइयो


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बाजुरा – धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइएको छ । कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहराको शव आज नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको हो ।

बडीमालिकामा भारी हिमपातपछि गत शुक्रबारदेखि सम्पर्कविहीन भएका बोहरा आइतबार दिउँसो त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार मृतक बोहराको शव सदरमुकाम ल्याई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

बडीमालिका माताको दर्शनसँगै घुम्न गएका बोहरा सम्पर्कविहीन भएपछि आइतबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्यका लागि खटिएको थियो । चार हजार २०० मिटर उचाइमा अवस्थित बडीमालिकामा हिमपातपछि अत्यधिक चिसाको कारण लेक लागेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसअघि हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो । भारी हिमपातका कारण घटनास्थलसम्म पुग्न कठिनाइ भएपछि हेलिकप्टरको सहयोगमा खोजी तथा उद्धार कार्य अघि बढाइएको हो ।

बडीमालिका क्षेत्र उच्च हिमाली भूभागमा पर्ने भएकाले यहाँ मौसममा एक्कासी परिवर्तन हुने र भारी हिमपात हुने जोखिम रहन्छ । विशेषगरी मौसम प्रतिकूल हुने समयमा हिमपात हुने भएकाले तीर्थयात्रा र भ्रमणमा जानेहरूलाई आवश्यक तयारी, मौसमको जानकारी र सुरक्षासम्बन्धी सावधानी अपनाउनुपर्ने जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ८ : ४७ बजे

‘जलवायु परिवर्तनबाट पीडित मात्रै होइन, नेपालले अब नेतृत्व नै लिनुपर्छ’

काठमाडौं- पछिल्ला केही महिनायता नेपालले एकपछि अर्को विपद्को सामना गरिरहेको

सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

झापा – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार

सुनकोशी–मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय

राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको